पोखराका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो, शनिबार पनि खुवाइने
पाेखरा | कात्तिक १७, २०८०
पोखरा: पोखरा महानगरपालिका भित्र रहेका पाँच वर्षसम्मका बालबालिकालाई शुक्रवार भिटामिन ए’ र जुकाको औषधि खुवाइएको छ । शुक्रवार खान छुटेकालाई शनिवार खुवाइने पोखरा स्वास्थ्य महाशाखाले जनाएको छ ।
आफ्नो घर पायक पर्ने स्वास्थ्य संस्था वा तोकिएका केन्द्रमा पुगेर बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरको स्वास्थ्य महाशाखाले सबै अभिभावकहरूलाई अनुरोध गरेको छ ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर यस वर्ष दशैका कारण केही पछि धकेलिएको हो । बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बाल भिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ ।
छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५३ सालदेखि भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै १५ बहु सूक्ष्म पोषण तत्त्वले बनेको बाल भिटा छ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बाल भिटा २०६६ सालदेखि बालबालिकालाई खुवाउन थालिएको हो ।
यस कार्यक्रममा पोखरा महानगरपालिका भित्रका करिब ३५ हजार बालबालिकाहरूलाई भिटामिन ए र ३० हजार बढी बालबालिकाहरूलाई जुकाको औषधी खुवाइने महाशाखाका जनस्वास्थ्य निरीक्षक लोकराज आचार्यले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरूलाई भिटामिन ए’ र जुकाको औषधि खुवाउनका लागि महानगरका ६५६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र केही स्वयंसेवक गरी ६६५ जना परिचालन गरिएको छ ।
बालबालिकाहरू सुनौलो भविष्य सुनिश्चितताका लागि उनीहरूको स्वास्थ्य सुरक्षा प्रमुख विषय हुने भएकाले यस कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख धनराज आचार्यले बताउनुभयो । बालबालिकामा पोषण अभावका कारण हुन सक्ने कुपोषण न्यूनीकरणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको राष्ट्रिय भिटामिन ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाइएको प्रमुख आचार्यले बताउनुभयो ।
“पोखरा महानगरपालिकाका सबै स्वास्थ्य संस्थाहरू, वडा कार्यालयहरू र तोकिएका निश्चित स्थानहरूमा गएर आफ्ना बालबालिकाहरूलाई भिटामिन ए’ र जुकाको औषधि खुवाउनु हुन म सबै नगर बासीहरूमा विनम्र अनुरोध गर्दछु, प्रमुख आचार्यले भन्नुभयो, बालबालिकाहरूको स्वास्थ्य रक्षा नै सुनौलो भविष्य निर्माणको प्रारम्भिक आधार हो ।” कुपोषणमुक्त महानगर निर्माणका लागि बालबालिकाको स्वास्थ्य प्रति गम्भीर बन्न उहाँले आग्रह समेत गर्नुभयो ।
म्याग्दी: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। ...
काठमाडौं: शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

